×
Lagani
Lagani Shiksha gif
जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?



जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।

लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

Lagani Shiksha gif

यस आइपीओमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन् । जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६  जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४८ हजार १५ कित्ता सेयर बाँडफाँट गरेको हो । सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए।

सो शेयरमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको थियो। जसअनुसार १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् भने सोमध्ये ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्।

कसरि हेर्ने नतिजा ?

आइपीओको नतिजा सार्बजनिक हुनेबित्तिकै  कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

यहाँ क्लिक गरि नेप्से बजार बाट सजिलै नतिजा हेर्नुहोस

जस अनुसार कम्पनिको वेबसाइट , बिकी प्रबन्धकको वेबसाइ  सिडीएससीको मेरोशेयरको वेबसाइट र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटबाट हेर्ने सकिने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस