×
Lagani
Lagani Shiksha gif
नाडेप लघुवित्तले बोलायो साधारण सभा , यस्ता छन् प्रस्ताव



नाडेप लघुवित्त वित्तीय संस्था लिले छैटौं (आ.ब २०७६/७७ ) को बार्षिक साधारण सभा आह्वान गरेको छ।

संस्थाको मिति २०७८ बैशाख १३ गते सोमवार बसेको सञ्चालक समितिको १३५ औं बैठकको निर्णय अनुसार संस्थाको छैटौं वार्षिक साधारण सभा २०७८ साल जेठ ७ गते, शुक्रबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन-१, काठमाडौंमा विहान ११.०० बजे हुने भएको छ।

Lagani Shiksha gif

भर्चुअल माध्यम ZOOM APP मार्फत एक साथ सभा सञ्चालन हुने संस्थाले जानकारी दिएको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट आ.ब.२०७६।७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन पारित गरिने छ।लेखापरीक्षकको वार्षिक प्रतिबेदन सहितको आ.ब २०७६।७७ सम्मको वासलात तथा नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरू र नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार गरिएको बार्षिक वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ।

उक्त सभामा संस्थाको शेयर संरचना ७०:३० लाई परिवर्तन गरी ५१:४९ गरिने र उल्लेखित विशेष प्रस्ताव उपर नियमनकारी निकायबाट फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सो अनुरूप प्रचलित कानूनको अधिनमा रहि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन /परिमार्जन संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने संस्थाले जनाएको छ।

उक्त वित्तीय संस्थाको मर्जर प्रक्रियाको लागि मिति २०७७।०९।१६ गते देखि शेयर कारोवार रोक्का रहेकोले छैटौं बार्षिक साधारण सभामा शेयर दाखिला खारेज बन्द यथावत रहने भएको छ ।

सभामा भाग लिन शेयरधनीले भौतिक उपस्थिती नहुने हुदाँ सभा शुरू हुनुभन्दा पहिले नै Zoom Meeting मा उपस्थित हुन सस्थाले अनुरोध गरेको छ।

उक्त सभामा भगा लिन शेयर धनीले [email protected] मा इमेल गरी वा फोन न ०१०-४०२१११ , ४०२१२४ मा सम्पर्क गरी आफ्नो नाम, ठेगना र Dmat Number सहित साधारण सभा हुनुभन्दा २४ घन्टा अगाडि टिपाउनु पर्नेछ ।

d846fddb4612c91ff80ce4bbc61d4303 page 001 scaled नाडेप लघुवित्तले बोलायो साधारण सभा , यस्ता छन् प्रस्ताव

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस