×
Lagani
Lagani Shiksha gif
जम्मा ६६५ जनाले भरे ग्रीन भेन्चर्सको आईपीओ , कहिले सम्म आवेदन दिन मिल्छ ?



ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आज सम्म ६६५  जनाले आवेदन दिएका छन ।

उनीहरुले कुल २ लाख ४७ हजार ९ सय ३० कित्ताको लागि आवेदन दिएका हुन्। जुन कम्पनीले निस्कासन गरेको ३१ लाख २५ हजार कित्ता  भन्दा निकै कम हो।

Lagani Shiksha gif
sharehubapk जम्मा ६६५ जनाले भरे ग्रीन भेन्चर्सको आईपीओ , कहिले सम्म आवेदन दिन मिल्छ ?

कम्पनीको पहिलाे चरणमा आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-३ (साविक खिजीचण्डेश्वरी गा.बि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका-१ (साविक दरागाउँ गा.वि.स.), रामेछाप, लिख तामाकोशी गाउँपालिका-२ (साविक सपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साबिक भुजि गा.वि.स.) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे ।

कम्पनीले आफ्नो जारी पुँजी (रु तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।

स्थानीयले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत् सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।आईपीओमा छिटोमा यही फागुन १६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी चैत १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन्।

साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुंगाको खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थानुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘केयरनपी–आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिममा रहेको बुझिन्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस