×
Lagani
Lagani Shiksha gif
ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न मन्त्रीको चासो



कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न चासो देखाएका छन् ।

सोही कारण उनले विषयगत कार्यालयहरूसँग छलफल अघि बढाएका छन् । विद्युतीकरणमा रुख कटानसहितका समस्याले ढिलाइ हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहाल बीचमा बिहीबार छलफल गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न मन्त्रीको चासो

कोहलपुरादेखि सुर्खेत सम्मा १३३ केभी प्रशारण लाइनमा देखिएको समस्यादेखि पश्चिम सुर्खेतमा देखिएको समस्यामा पनि छलफल भएको मन्त्री सिंहले बताए ।

यसअघि मन्त्री सिंहले १० जिल्लाका विद्युत प्राधिकरणका प्रमुख, खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुखसँग छलफल गरेका थिए भने आज मन्त्रालयका अधिकारीसँग छलफल गरेका हुन् ।

वातारणीय प्रभाव मुल्यांकन गर्दा वन मन्त्रालयसँग छलफल नगरी जथाभावी सर्वेक्षण गर्दा योजना वस्तुवादी नभएको प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहालले बताए । कर्णालीका १० जिल्लामा विद्युतीकरण गर्दा वन क्षेत्रभित्र काम गर्दा अवरोध हुने भएकाले त्यसको समाधान गर्न सबै सहमत भएको उनले बताए ।

विकास निर्माणमा प्रयोग हुने वन क्षेत्र र सोसँग सम्वन्धित वातावरणीय अध्ययनलगायत कार्यक्रममा सहजिकरण गर्न प्रदेश सचिव, निर्देशकको नेतृत्वमा सहजिकरण समिति गठन गरी कामलार्इ सहजिकरण गर्ने सहमति भएको छ । समितिले निश्कर्ष निकाल्न नसके मन्त्री वा सचिवको नेतृत्वमा निर्देशन समिति गठन गरी समितिसँग छलफल गरी सहमति गर्ने बैठकले निर्णय गरेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस