×
Lagani
Lagani Shiksha gif
महाकाली नदीमा बगेकी महिलाको उद्धार



दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ ।

आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो । बगाउँदै गर्दा नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओडबीच नदीमा अड्किएकी थिइन् ।

Lagani Shiksha gif
sharehubapk महाकाली नदीमा बगेकी महिलाको उद्धार

नदीमा अड्किएको जानकारी आएपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिहानको चिसो नदीमा पौडिएर प्रहरीले महिलाको सकुशल उद्धार गरेका छन् । उद्धार गरी ओडलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भारतको छिरकिल्लामा रहेको धौलीगङ्गाबाँधका ढोका खोल्दा महाकाली नदीमा बहाब बढ्ने गरेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस