×
Lagani
Lagani Shiksha gif
पाँचथरको यासोक बजारमा भीषण आगलागी



पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भीषण आगलागी भएको छ ।

आगलागीबाट झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए । आगो नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकल पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk पाँचथरको यासोक बजारमा भीषण आगलागी

आगलागीबाट पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार नै जोखिममा परेको छ । सदरमुकाम फिदिमबाट दुईवटा दमकल आगो नियन्त्रणका लागि पठाएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी तीर्थराज पौडेलले न्युज कारखानालाई जानकारी दिए ।

सदरमुकामदेखि यासोक बजार करिब २० किलोमिटर दूरीमा पर्छ । कच्ची सडक भएकोले आगलागि स्थलमा दमकल पुग्न बाँकी छ । आगलागी नियन्त्रणका लागि सदरमुकामदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई पनि परिचालन गरिएको पौडेलले बताए ।

डाँडामा बजार भएको र बजारका घरहरू काठका छन् । जसले गर्दा आगलागीबाट बजार नै जोखिममा परेको वडाध्यक्ष देवेन्द्र लावतीको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस