×
Nepse Bajar Messenger Channel
नेप्सेले गर्यो सूचीकृत समूहहरुको हेरफेर र विभाजन, लगानी समूहमा पर्यो निफ्रा



नेपाल स्टक एक्सचेन्ज लिमिटेड ब्यबस्थापनको २०७७/११/०७ को निर्यण अनुसार सूचीकृत समूहहरुको हेरफेर तथा समूह विभाजन गरेको छ । जसमध्ये अन्य समूहमा रहेका ८ कम्पनीहरुमध्ये ४ वटालाई नया समुह बनाएर लगानी समूहमा राखिएको छ भने होटेल्स समूहको नाम परिवर्तन गरी होटेल्स तथा पर्यटन समूह बनाइएको छ ।

यसअघि नेप्सेमा म्युचुअल फन्डबाहेक ११ वटा समूह रहेका थिए ।होटेल्स तथा पर्यटन समूहमा भर्खरै बजारमा सूचीकृत चन्द्रागिरि हिल्सलाई पनि समावेश गरिएको छ । नया बनाइएको लगानी समूहमा नागरिक लगानी कोष, निफ्रा, एच आइ डी सी एल, एन आर एन रहेका छन् ।

नयाँ व्यवस्थाबाट परिसूचक गणनामा लगानीकर्तालाई थप सहज हुने नेप्सेले जनाएको छ । हाल नेप्सेमा २१८ वटा कम्पनी सूचीकृत छन् । अब नेप्से, सेन्सेटिभ, सेन्सेटिभ फ्लोट, म्युचुअल फन्डसहित अब विभिन्न १६ वटा परिसूचकको गणना गर्नेछ ।

e7677db49c0ca469ac0d2a2ae29b39a6 page 001 scaled नेप्सेले गर्यो सूचीकृत समूहहरुको हेरफेर र विभाजन, लगानी समूहमा पर्यो निफ्रा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस