SONA 438 -2 BNL 15180.2 -303.9 CMF2 7.8 0.05 MKJC 442.8 13.8 SPDL 226.5 -2.4 GBLBS 675.2 -10 SALICO 630 -9.1 JBBL 292 3 NIL 785.5 -12.5 CBLD88 1036 1 GLBSL 1814 -63 JSLBB 1188 -32 HLBSL 775.1 -34.8 HATHY 835.1 -2.9 RFPL 338.1 -6.9 WNLB 1325.2 -39 GVL 430.3 10.3 BBC 3670 -56 NMB50 9.42 0.04 NRN 491 -9 SIGS3 8.55 0.27 MMKJL 410.5 -6.4 NRM 352 -4 MERO 662 -18 SINDU 377.9 9 ENL 785.9 -9.1 LBBLD89 1112 -13 SIFC 420.1 1.1 NIMB 151 0 FOWAD 1130.5 -31.5 KLBSL 885 -22 SMH 652 -4 HPPL 253.7 1.7 NWCL 691 -19 KEF 8 0 MLBS 1189.7 -30.3 UNLB 1600 -25 LLBS 975 5.3 SADBL 305 2 UNL 38710 -790
×
यस्तो छ चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का



नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहित सिक्का जारी भएको यो पहिलोपटक हो । सिक्काको अग्रभागमा सात प्रदेशको सिमाना सहितको चुच्चे नक्सा छ । नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनहरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेका छन् ।

वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs Two र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ ।

सिक्काको पृष्ठभागमा पनि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । आठ थोप्ला सहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेका छन् ।

सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस