×
नेकपा विभाजन पछी पहिलो पटक ओली र प्रचण्डबीच भयो यस्तो कुराकानी



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी भएको छ ।

नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो । ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन गरेको जानकारी दिएका छन् ।

‘मैले उहाँलाई फोन गरेको थिएँ’ प्रचण्डले भने, ‘झापमा हुनुहुँदो रहेछ । काठमाडौंमा भए आइहाल्थे भनेर भन्नु ‍भयो ।  सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहाले भन्नु भयो, महासचिवलाई पठाउछु भन्नुभयो । महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।’ तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी हुन सकेको थिएन ।

नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा छ : शंकर पोखरेल : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको बताएका छन् । नेकपा माओवादी केन्द्र आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै एमाले महासचिव पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको टिप्पणी गरेका हुन् ।

‘तीन वटा राजनीतिक परिवर्तन गर्‍यौं । तर, युग परिवर्तन गर्न सकेनौं । जनताले विकास र समृद्धि चाहेका छन् । यो कुरालाई मनन गर्नु जरुरी छ । महाधिवेशनमा चिन्तन मनन मुलुक डोर्‍याउने कुराहरू बहस हुनुपर्छ,’ उनले भने ।

तिक्तताका आ-आफ्नै नीति बनाउँदा मुलुक र जनताको भलो नहुने उनले बताए । ‘सामूहिकताको परिणाम परिवर्तन आएको हो । तर, संस्थागत हुन सकेन । सामूहिकता चाहिन्छ,’ उनले भने ।

उनले अहिले आर्थिक र सामाजिक रूपान्तरण महत्त्वपूर्ण कार्यभार भएको बताएका छन् । राष्ट्रियता, परराष्ट्र नीतिका सवाल दलहरू अलग हुने कुनै कारण नरहेको महासचिव पोखरेलले बताए । उनले पार्टी बलियो नभई समाज बदल्न सक्ने हुनुपर्ने धारणा राखेका थिए ।

पूर्वप्रधानमन्त्री भनेर माधव नेपाललाई सम्बोधन गरेका पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी ओली माओवादीको उद्घाटन सत्रमा आउने चाहना हुँदा हुँदै पनि विविध कारणले आउन नसकेको बताएका थिए । साथै उनले पार्टी अध्यक्षमा निर्वाचित हुन पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस