×
Lagani
Lagani Shiksha gif
२ हजार ५९८ जानाको लागि सरकारी जागिर खुल्यो , यस्ता छन योग्यता र आवेदन दिने तरिका।



शिक्षक सेवा आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे छ ।

माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएकाे एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकाे हाे ।

Lagani Shiksha gif
sharehubapk २ हजार ५९८ जानाको लागि सरकारी जागिर खुल्यो , यस्ता छन योग्यता र आवेदन दिने तरिका।

जारी सार्वजनिक सूचना अनुसार सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्ववान भएकाे छ ।  त्यस्तै, नेपाली विषयमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि काेटा छुट्याइएकाे छ ।

६ माघसम्म नियमित र १० माघसम्म बिलम्ब शुल्क बुझाएर दरखास्त दिन सकिनेछ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । परीक्षा १७ चैतमा हुनेछ ।

परीक्षा केन्द्र  प्रदेश नं. १ को मोरङ, प्रदेश नं. २ को धनुषा, वागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ,
कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको केलाली जिल्लामा हुनेछ । अन्य विस्तृत जानकारी आयोगको वेबसाइटमा पछि प्रकाशन
गरिनेछ । दरखास्त दस्तुरः रु ७०० (प्रत्येक समावेशी समूहको लागि थप रु ५0०/-का दरले) बुझाउनु पर्नेछ ।

विज्ञापन भएको पदमा अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त दिनुपर्नेछ । आयोगको आधिकारिक वेबसाइट  https://online.tsc.gov.np/ मा Apply गरी अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त पेस गर्न सकिनेछ ।

११. उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यताः-

(क) नेपाली नागरिक ।
(ख) शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को नियम १० बमोजिम अयोग्य नभएको ।
(ग) मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको ।

तर, कुनै उम्मेदवारले २०० पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम प्राप्त गरेको मानिनेछ ।
(घ) सामाजिक अध्ययन विषय अन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिशाख्र, दर्शनशास्त्र, नीतिशाखर,
मनोविज्ञान, मानवशास्त्त्र, समाजशास्त्र, जनसंख्या शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा विषयहरु पर्नछन्‌ ।

(ङ) गणित-विज्ञान विषयको हकमा गणित र विज्ञान दुबै विषयमा २००/२०० पूर्णाङ्क लिई प्रकरण (ग) बमोजिम योग्यता पुगेको हुनु पर्नेछ ।

(च) निम्न माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको ।
(छ) अध्यापन अनुमतिपत्र सम्बन्धमा थप व्यवस्थाः-

  • विषय नखुलेका स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिले प्रकरण (ग) बमोजिमको सम्बन्धित विषयमा उम्मेदवार हुन सक्नेछन्‌ ।
  •  विषयगत स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिले सम्बन्धित विषयमा मात्र उम्मेदवार हुन सक्नेछन्‌ ।
  •  गणित-विज्ञान विषयको हकमा विज्ञान र गणित मध्ये कुनै एक बिषयको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले उम्मेदवार हुन सक्नेछन्‌ ।
  •  संस्कृत विषयहरु (भाषा, शुक्लयजुर्वेद, व्याकरण र कर्मकाण्ड) को हकमा नेपाली विषयमा स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको व्यक्ति समेत उम्मेदवार हुन सक्नेछन्‌।
  • माथिल्लो तहको विषयगत स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको व्यक्तिहरु सम्बन्धित विषयमा मात्र यस विज्ञापनमा उल्लिखित शिक्षक पदको लागि उम्मेदवार हुन सक्नेछन्‌ । तर त्यस्ता व्यक्तिहरुले शिक्षा विषयमा कम्तिमा १० महिने तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

(ज) स्थायी शिक्षक पदमा कार्यरत उम्मेदवारलाई उमेरको हद लाग्ने छैन।
(झ) कार्यरत स्थायी शिक्षकले समान तह र श्रेणीको शिक्षक पदमा उम्मेदवार हुन पाइने छैन ।

Teacher 2 page 001 scaled २ हजार ५९८ जानाको लागि सरकारी जागिर खुल्यो , यस्ता छन योग्यता र आवेदन दिने तरिका। Teacher 2 page 002 scaled २ हजार ५९८ जानाको लागि सरकारी जागिर खुल्यो , यस्ता छन योग्यता र आवेदन दिने तरिका। Teacher 2 page 003 scaled २ हजार ५९८ जानाको लागि सरकारी जागिर खुल्यो , यस्ता छन योग्यता र आवेदन दिने तरिका। Teacher 2 page 005 scaled २ हजार ५९८ जानाको लागि सरकारी जागिर खुल्यो , यस्ता छन योग्यता र आवेदन दिने तरिका। Teacher 2 page 004 scaled २ हजार ५९८ जानाको लागि सरकारी जागिर खुल्यो , यस्ता छन योग्यता र आवेदन दिने तरिका।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस