×
Lagani
Lagani Shiksha gif
एक अनौठो रेस्टुरेन्ट, जहाँ निबस्त्र रात्रिभोज हुन्छ, अन्जान व्यक्तिसँग बस्न पाईन्छ



काठमाडौं, २५ साउन । के तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ कि बेलुकाको खाना खान कुनै रेस्टुरेन्ट पुग्दा तपाईंको वरिपरि बसेका करिब २० जना मानिसहरू पूर्ण रूपमा निर्वस्त्र भएर खाना खाइरहेका छन् ? यो सुन्दा अलि अनौठो लाग्न सक्छ तर अमेरिकाको फ्लोरिडामा वास्तवमै यस्तो ‘डिनर’ को आयोजना गरिन्छ।

 

Lagani Shiksha gif
sharehubapk एक अनौठो रेस्टुरेन्ट, जहाँ निबस्त्र रात्रिभोज हुन्छ, अन्जान व्यक्तिसँग बस्न पाईन्छ

यहाँ मानिसहरू एक अनौठो भोजन अनुभवका लागि भेला हुन्छन्, जहाँ कुनै विशेष पोसाक होइन, बरु पूर्ण रूपमा निर्वस्त्र भएर सहभागी भइन्छ। आश्चर्यको कुरा त के छ भने, मानिसहरू यस अनुभवका लागि हजारौं रुपैयाँ खर्च गर्न पनि तयार हुन्छन्। आउनुहोस्, यस्तो ‘न्युड डिनर’ अर्थात निर्वस्त्र भोजन आयोजना गर्ने त्यो रेस्टुरेन्ट कुन हो, त्यसका बारेमा जानकारी लिऔं।

 

फ्लोरिडाको हलिउडस्थित ‘क्लास स्वारी स्टकहाउस’ले हरेक महिनाको पहिलो सोमबार यो विशेष रात्रिभोजको आयोजना गर्छ। यस कार्यक्रममा करिब १५ देखि २० जनाको सहभागिता रहन्छ। यो कार्यक्रममा सहभागीहरूले आफ्नो सहजता अनुसार कपडा लगाउने वा नलगाउने भन्ने निर्णय आफैं गर्न सक्ने व्यवस्था गरिएको हुन्छ।

 

रेस्टुरेन्टमा पुगे पछि पाहुनाहरूलाई आफ्ना लुगा फेर्न भनिन्छ र सुरुमा ‘रोब’ अर्थात खुकुलो खालको पहिरन उपलब्ध गराइन्छ। सुरु देखि नै पूर्ण रूपमा निर्वस्त्र हुनु पर्ने कुनै दबाब हुँदैन ? मानिसहरू आफ्नो सहजताअनुसार बिस्तारै यस अनुभवमा अभ्यस्त हुँदै जान्छन्। कोही कोही पूरै समय रोब वा केही लुगा लगाएरै बस्न रुचाउँछन् भने अन्य कतिपय भने अन्ततः पूर्ण रूपमा निर्वस्त्र भएर भोजन गर्ने निर्णय गर्छन्। यहाँ सरसफाइमा पनि विशेष ध्यान दिइन्छ। प्रत्येक ग्राहकलाई नरम तौलिया र सिट कभर उपलब्ध गराइन्छ। रेस्टुरेन्टको ढोका बन्द राखिन्छ र झ्यालहरू छोपिएका हुन्छन्।

यस भोजन अनुभवको एउटा विशेष पक्ष भनेको ग्राहकहरू मात्र निर्वस्त्र हुन्छन् जबकी रेस्टुरेन्ट कर्मचारीहरू भने पूर्ण रूपमा लुगा लगाएरै रहन्छन्। साथै, ग्राहकहरूको सहजता र सम्मान सुनिश्चित गर्न कर्मचारीहरूलाई विशेष तालिम दिइएको हुन्छ।

 

यो केवल निर्वस्त्र भएर भोजन गर्ने अनुभव मात्र होइन, यहाँ पाहुनाहरूलाई विशेष रूपमा तयार पारिएको पाँच चरणको भोजनका साथै ‘स्याम्पेन टोस्ट’ पनि पस्किइन्छ। यो सम्पूर्ण कार्यक्रम एक विशिष्ट र उच्च स्तरीय भोजन अनुभव प्रदान गर्ने उद्देश्यले तयार पारिएको हो।

 

यस विशेष रात्रिभोजका लागि टिकटको मूल्य सहभागीहरूको वर्गअनुसार फरक फरक छ। एकल महिलाका लागि टिकटको मूल्य १५० डलरभने एकल पुरुषका लागि २५० डलर पर्छ  । अर्कोतर्फ, जोडीहरूले भने करिब ३०० डलर तिर्नुपर्ने हुन्छ।

रेस्टुरेन्टको सेफ तथा सञ्चालक मौराद अलीका अनुसार यस्ता अनुभवहरूको माग रहेको छ। उनी बताउँछन् कि पाहुनाहरूले यहाँको बसाइका क्रममा सहज र सम्मानित महसुस गरून् भन्ने सुनिश्चित गर्न कर्मचारीहरूलाई तालिम दिइएको हुन्छ। यो अवधारणा 'नेचुरिज्म' वा 'न्युडिस्ट' जीवनशैलीसँग पनि जोडिएको छ  . यहाँको भोजन अनुभव केवल कपडा बिना खाना खाने कुरामा मात्र सीमित नभई शरीरप्रतिको दृष्टिकोण, आत्म-स्वीकृति र बडी पोजिटिभिटी अर्थात शरीरप्रति सकारात्मक सोचजस्ता विषयहरूमाथि संवाद गर्ने माध्यमसमेत बन्ने गरेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस