×
Lagani
Lagani Shiksha gif
डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री पनि सुरु गर्ने तयारी



काठमाडौं, ११ साउन । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच विस्तार गर्न काठमाडौं उपत्यकामा ३० वटा नयाँ बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ। संस्थानले साउन महिनाभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राख्दै उपभोक्तालाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने योजना अघि बढाएको हो।

डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार बुढानीलकण्ठ, वनस्थली, कलङ्की, कोटेश्वर र नयाँ बानेश्वरलगायतका स्थानमा नयाँ मोडेलका बिक्री केन्द्र स्थापना गरिनेछ। यसले उपभोक्तालाई दूध तथा दुग्धजन्य उत्पादन सहज रूपमा उपलब्ध गराउने विश्वास गरिएको छ।

Lagani Shiksha gif
sharehubapk डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री पनि सुरु गर्ने तयारी

यसैक्रममा डिडिसीले वसन्तपुर डबलीमा आधुनिक स्वरूपको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। पर्यटकको उच्च चहलपहल हुने उक्त क्षेत्रबाट दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी र अन्य उत्पादन बिक्री गरिनेछ।

संस्थानले काठमाडौंबाहिरका प्रमुख सहरमा पनि बिक्री सञ्जाल विस्तार गर्ने योजना बनाएको छ। साथै, निकट भविष्यमै अनलाइनमार्फत अर्डर र होम डेलिभरी सेवा सुरु गर्ने तयारी भइरहेको जनाएको छ। डिजिटल माध्यमबाट बिक्री विस्तार गर्दै उपभोक्तालाई थप सहज सेवा प्रदान गर्ने डिडिसीको लक्ष्य रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस