×
Lagani
Lagani Shiksha gif
रास्वपाको झोलामा के छ ?



चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई विशेष झोला वितरण गरिएको छ।

देशका विभिन्न जिल्लाबाट महाधिवेशनमा पुगेका प्रतिनिधिहरूले बन्दसत्र स्थलमा प्रवेश गर्नुअघि उक्त झोला प्राप्त गरेका हुन्। पार्टीको चुनाव चिह्न र लोगो अंकित झोलाभित्र महाधिवेशन अवधिभर प्रयोग हुने विभिन्न सामग्री समावेश गरिएको छ। झोलामा पार्टीको क्याप, नोट लेख्नका लागि कपी, पेन तथा प्रतिनिधिको परिचय खुल्ने आईडी कार्ड राखिएको छ। कतिपय प्रतिनिधिहरूले झोला बोकेर बन्दसत्रमा सहभागी भएको दृश्य महाधिवेशन स्थलमा देखिएको थियो।

Lagani Shiksha gif
sharehubapk रास्वपाको झोलामा के छ ?

महाधिवेशनमा नीति, विधान तथा नेतृत्व चयनसम्बन्धी छलफल चलिरहेका बेला प्रतिनिधिहरूलाई आवश्यक सामग्री एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको पार्टीका आयोजकहरूले बताएका छन्। लामो समयसम्म चल्ने छलफल र बैठकका क्रममा टिपोट गर्न तथा आवश्यक कागजात सुरक्षित राख्न झोला उपयोगी हुने अपेक्षा गरिएको छ।

रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई व्यवस्थापनको दृष्टिले फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरिरहेको छ। प्रतिनिधि दर्तादेखि मतदान प्रक्रियासम्म प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको पार्टीले महाधिवेशनमा सहभागीहरूका लागि आधारभूत सामग्रीको व्यवस्थापन पनि केन्द्रित रूपमा गरेको हो।

महाधिवेशनमा सहभागी एक प्रतिनिधिले झोला केवल सामग्री राख्ने साधन मात्र नभई महाधिवेशनको सम्झना र पार्टीको पहिचानसँग जोडिएको प्रतीकसमेत बनेको बताए। उनका अनुसार एउटै प्रकारको क्याप र झोला प्रयोग गर्दा प्रतिनिधिहरूलाई पहिचान गर्न तथा व्यवस्थापन गर्न सहज भएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। यहीबीच प्रतिनिधिहरूलाई वितरण गरिएको ‘किट ब्याग’ पनि महाधिवेशनको आकर्षणमध्ये एक बनेको देखिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस