×
Lagani
Lagani Shiksha gif
मकालु वाइन इन्डस्ट्रीज आईपीओ ल्याउने तयारीमा



काठमाडौं, २८ जेठ । स्थानीय फलफूलबाट वाइन उत्पादन गर्दै आएको मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने योजना सार्वजनिक गरेको हो।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिने आईपीओको व्यवस्थापनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा मकालु वाइन इन्डस्ट्रीजका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।

Lagani Shiksha gif

संखुवासभाको धर्मदेवी नगरपालिकामा अवस्थित कम्पनी २०५२ सालदेखि सञ्चालनमा छ। कम्पनीले चुत्रो र ऐँसेलुजस्ता हिमाली तथा जंगली फलफूल प्रयोग गरी ‘हिंवा वाइन’ ब्रान्डअन्तर्गत उत्पादन गर्दै आएको छ।

कम्पनीमा विभिन्न संस्थागत लगानीकर्ताको समेत सहभागिता रहेको छ। देवश्री भेन्चर, हार्भेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट र स्टक आइडियाज इन्भेष्टमेन्टजस्ता संस्थाहरूले कम्पनीमा लगानी गरेका छन्।

आईपीओ निष्काशनको तयारीसँगै कम्पनीले उत्पादन विविधीकरणमा पनि जोड दिएको छ। कम्पनीका अनुसार निकट भविष्यमा अंगुरबाट उत्पादन गरिने तीन फरक प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने योजना रहेको छ। यसले कम्पनीको उत्पादन दायरा विस्तार गर्नुका साथै वाइन उद्योगमा प्रतिस्पर्धात्मक उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस