×
Lagani
Lagani Shiksha gif
कालंगा हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै, गोलाप्रथाबाट सेयर वितरण गरिने



काठमाडौं, २७ जेठ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँड गर्ने भएको छ। अत्यधिक आवेदन परेकाले सेयर वितरण गोलाप्रथा (लक्की ड्र) विधिमार्फत गरिने तयारी गरिएको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम आज बिहान ११ बजे नक्सालस्थित कार्यालयमा आयोजना हुनेछ। कम्पनीले जेठ ८ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो।

Lagani Shiksha gif

आईपीओमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। सिडिएससीको तथ्यांकअनुसार निष्कासन अवधिभर २९ लाख १० हजार ९२६ जनाले आवेदन दिएका छन्। आवेदन संख्या उपलब्ध सेयरभन्दा धेरै भएकाले सबै आवेदकले सेयर प्राप्त गर्ने सम्भावना छैन।

मागभन्दा बढी आवेदन परेपछि नियामकीय व्यवस्थाअनुसार गोलाप्रथा प्रणालीबाट योग्य आवेदकमध्ये भाग्यशाली लगानीकर्तालाई मात्रै सेयर बाँडफाँट गरिनेछ।

बाँडफाँड सम्पन्न भएपछि लगानीकर्ताले आफ्नो नतिजा बिक्री प्रबन्धक, सीडीएससीको मेरो सेयर तथा सम्बन्धित वेबसाइटमार्फत हेर्न सक्नेछन्। आईपीओमा उच्च सहभागिताले जलविद्युत् क्षेत्रका कम्पनीप्रति लगानीकर्ताको आकर्षण अझै कायम रहेको संकेत गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस