×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसदमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण



प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा बारेको अभिव्यक्ति बारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधि सभामा स्पष्टीकरण दिदै मन्त्री खनालले प्रधानमन्त्रीले बोलेको विषय क्रस बोर्डर र दश गाजा अतिक्रमणसँग सम्बन्धित रेहेको बताएका छन् । उनलेले नेपालले भारतको सीमा मिचेको आशयमा अभिव्यक्ति नदिएको स्पष्ट गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसदमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण

उनले नेपालले लिपुलेकको विषयमा भारतलाई पठाएको कुटनीतिक नोटका विषयमा भारतले पनि कुटनीतिक नोटमार्फत नै जवाफ दिएको बताउदै कुटनीतिक माध्यमबाट नै समाधान गर्न दुवै देश प्रतिबद्ध रहेको बताए ।

मन्त्री खनालले प्रधानमन्त्रीले बेलायतको प्रसंग उल्लेख गरेको विषय मध्यस्थताका लागि नभएर सुगौली सन्धि लगायतका विषयमा रेफेरेन्स आवश्यक परेमा बेलायतसँग रहेका ऐतिहासिक दस्ताबेज लिन सकिने प्रसंगमा उल्लेख गरेको उल्लेख गरेका छन् ।

उनले सरकारले नेपाल र भारतको सीमा विवादमा बेलायत या कुनै तेस्रो मुलुकलाई मध्यस्थता आफुहरुले नचाहेको स्पष्ट गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस