×
Lagani
Lagani Shiksha gif
भोलि देखि खुल्दै सबैले भर्न मिल्ने आईपियो , कति दिने आवेदन ?



एभरेष्ट कलर लिमिटेडले भोलि अर्थात् जेठ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ७९ हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, सामूहिक लगानी कोषका लागि ३९ हजार ५०० कित्ता र कम्पनीका कर्मचारीका लागि १५ हजार ८०० कित्ता सेयर छुट्याइएको छ। बाँकी रहेको सेयर अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो।

Lagani Shiksha gif

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि असार ५ गतेसम्म लम्बिनेछ।

कम्पनीको जारी पूँजी ३० करोड रुपैयाँ रहेको छ। सोही पूँजीको २६.३३ प्रतिशत बराबरको ७ लाख ९० हजार कित्ता सेयर सार्वजनिक निष्कासनका लागि छुट्याइएको थियो। सोहीमध्ये विभिन्न आरक्षित समूहका लागि बाँडफाँट तथा छुट्याइएपछि बाँकी सेयर सर्वसाधारणमा खुला हुन लागेको हो।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस