×
Lagani
Lagani Shiksha gif
नेप्सेको संरचनात्मक सुधार, इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभको तयारी



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को संरचनात्मक पुनर्संरचना प्रक्रियालाई गति दिँदै बजारमा इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभ जस्ता नयाँ लगानी उपकरणहरू चरणबद्ध रूपमा भित्र्याइने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदको संयुक्त बैठकमा यस महत्वाकांक्षी योजनाको घोषणा गरेका हुन्।

पुँजीबजारलाई थप सुदृढ, मर्यादित र लगानीमैत्री बनाउने उद्देश्यका साथ यो कदम चालिएको हो। यसका लागि नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणालीको विकास र लगानीकर्ता संरक्षण प्रणालीलाई प्रभावकारी बनाइने प्रति अर्थमन्त्रीले जोड दिए। नयाँ उपकरणहरूको सुरुवातले बजारमा तरलता बढाउने र लगानीकर्ताहरूलाई थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Lagani Shiksha gif
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस