×
Lagani
Lagani Shiksha gif
डिजिटल भुक्तानीलाई प्रोत्साहन: १० प्रतिशत भ्याट छुटको व्यवस्था



नेपाली अर्थतन्त्रमा डिजिटल भुक्तानीको प्रयोगलाई व्यापक बनाउने उद्देश्यले सरकारले महत्वपूर्ण कदम चालेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वस्तु तथा सेवा खरिद गर्दा डिजिटल माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरूलाई तत्काल १० प्रतिशत भ्याट छुट दिने घोषणा गरेका छन्।

संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वाग्लेले यो व्यवस्थाले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने र नगदमा आधारित अर्थतन्त्रको प्रवृत्तिलाई क्रमशः अन्त्य गर्ने विश्वास व्यक्त गरे। यस नयाँ नीतिको कार्यान्वयनले आम नागरिकलाई डिजिटल भुक्तानीका माध्यमहरू प्रयोग गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ। यसका साथै, यसले पारदर्शिता बढाउन र आर्थिक गतिविधिलाई थप व्यवस्थित बनाउन समेत सहयोग पुर्याउनेछ।

Lagani Shiksha gif
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस