×
Lagani
Lagani Shiksha gif
पठाओ मोबाइल एपमार्फत हेलिकोप्टर बुकिङ गर्न सकिने।



राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्नो सेवा विस्तारको क्रममा अब मोबाइल एपमार्फत हेलिकोप्टर बुकिङको सुविधा सुरु गरेको छ। ‘पठाओ हेली’ नाम दिइएको यो नयाँ सेवा सिम्रिक एयरसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको हो।

यसअघि राइड सेयरिङ सेवामा मात्र सीमित रहेको पठाओले अब प्रयोगकर्ताहरूलाई सहज पहुँच पुर्याउने उद्देश्यले यो नयाँ सेवाको सुरुआत गरेको हो। पठाओको मुख्य मोबाइल एप वा ‘पठाओ हेली’ को आधिकारिक वेबसाइट प्रयोग गरेर जुनसुकै प्रयोगकर्ताले पनि सजिलै हेलिकोप्टर बुकिङ गर्न सक्नेछन्।

Lagani Shiksha gif

कम्पनीका अनुसार यो सेवा अन्तर्गत मुक्तिनाथ, गोसाइकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविर जस्ता प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूमा जानका लागि हेलिकोप्टरको व्यवस्था गरिनेछ। एक पटकमा चारदेखि पाँच जना यात्रुहरूले यात्रा गर्न सक्ने क्षमताका हेलिकोप्टरहरू मार्फत विशेषतः तीर्थयात्रा, पारिवारिक भ्रमण, नवविवाहित दम्पतीको रोमान्टिक यात्रा, तथा साथीहरूसँगको छोटो अवधिको घुमघामलाई लक्षित गरिएको छ। यसबाट कम समयमा धेरै ठाउँको भ्रमण गर्न चाहने यात्रुहरूलाई ठूलो सुविधा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस