×
Lagani
Lagani Shiksha gif
समस्याग्रस्त सहकारीको ऋण असुलीसँगै बचतकर्ताको रकम फिर्ता गर्दै सरकार



सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट असुल गरिएको ऋणको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

यस सन्दर्भमा राज्यकोषको रकम प्रयोग गरिएको भन्ने सार्वजनिक गुनासो तथा भ्रम सृजना भएकोमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ध्यानाकर्षण गराएको छ ।

Lagani Shiksha gif
sharehubapk समस्याग्रस्त सहकारीको ऋण असुलीसँगै बचतकर्ताको रकम फिर्ता गर्दै सरकार

समितिका अनुसार, समस्याग्रस्त घोषणा गरिएका २० वटा सहकारी संस्थाका दश हजारभन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताहरूको रकम चरणबद्ध रूपमा फिर्ता गर्ने कार्य भइरहेको छ । हालसम्म यस प्रयोजनका लागि छुट्टै ‘चक्रिय कोष’ भने स्थापना गरिएको छैन ।

समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रचलित कानुनी व्यवस्थाबमोजिम समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमलाई नै सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने प्रयोजनमा निरन्तर रूपमा प्रयोग गरिँदै आएको छ । यसबाट बचतकर्ताहरूको रकम पारदर्शी र विधिसम्मत ढङ्गले फिर्ता गर्ने प्रक्रिया अघि बढेको स्पष्ट हुन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस