काठमाडौं, ०८ जेठ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर ९आईपीओ० निष्काशन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २८ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो। यसबाट कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबर पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आईपीओ बिक्री छिटोमा जेठ १३ गतेसम्म खुला रहनेछ भने आवश्यक आवेदन नपरेमा जेठ २२ गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीले निर्माण तथा सञ्चालन गरेको १५।३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको जनाएको छ। आयोजनामा प्रतिमेगावाट लागत करिब २८ करोड ३० लाख रुपैयाँ पुगेको छ।
उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २५ वर्ष १ महिना बाँकी रहेको कम्पनीले उल्लेख गरेको छ। आयोजनामा गरिएको लगानी साधारण हिसाबमा ९।२९ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउण्ट आधारमा लगानी फिर्ता अवधि १८।०१ वर्ष रहने बताइएको छ।
यस जलविद्युत आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ।













