×
Nepse Bajar Messenger Channel
शेयर किन्न दिएको २२ करोड फिर्ता नगरेपछि ब्रोकरलाई ७ दिने अल्टिमेटम



हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी (ब्रोकर नं. ५५) लाई एचएलआई लार्ज क्याप फण्डको करिब २२ करोड २५ लाख रुपैयाँ फण्ड फिर्ता गर्न अन्तिम ताकेता गरेको छ।

पटक-पटक सेयर खरिदका लागि रकम उपलब्ध गराउँदा पनि भृकुटी स्टकले उक्त रकम लगानीमा प्रयोग नगरेको र हालसम्म फिर्ता नगरेकोले हिमालयन इन्भेष्टमेन्ट बैंकरले यो कडा कदम चालेको हो।

स्पष्ट निर्देशन जारी गर्दै, हिमालयन इन्भेष्टमेन्ट बैंकरले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र उक्त रकम, बक्यौता ब्याज र अन्य हर्जानासहित फिर्ता गर्न चेतावनी दिएको छ। यो अवधिभित्र रकम दाखिला नभएमा भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी र यसका सञ्चालकहरू विरुद्ध तत्काल कानुनी कारबाही प्रक्रिया आरम्भ गरिने बताइएको छ।

यसअघि पनि पटक-पटक गरिएको ताकेतालाई भृकुटी स्टकले बेवास्ता गर्दै आएको थियो। यस सन्दर्भमा सम्बन्धित निकायहरूको ध्यानाकर्षण भएको छ र आगामी दिनमा यसले धितोपत्र बजारमा पार्न सक्ने प्रभावबारे पनि चासो व्यक्त गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस