काठमाडौं, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी बिरोधी गतिबिधि असहय नहुने जनाएका छन ।
राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ भन्दै उनले राप्रपा पुनर्जागृत हुने पनि जनाएका छन ।
‘म जस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन,’ उनले भनेका छन, ‘न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ।’
उनको दावी छ, ‘आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ।’
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











