नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचीमा पाल्पा सिमेन्ट उद्योग लिमिटेडको सेयर हालिएको छ। यस सूचीकरणसँगै कम्पनीका कुल ३ करोड ७५ लाख कित्ता सेयर सर्वसाधारणका लागि कारोबार गर्न योग्य भएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी गरेको ७५ लाख कित्ता सेयर र संस्थापक समूहको ३ करोड कित्ता सेयर गरी जम्मा ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो दिनको कारोबारका लागि नेप्सेले यस सेयरको मूल्य न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्जमा खुलाएको छ। यो सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपश्चात् कारोबारमा आउनेछ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted













