×
Lagani
Lagani Shiksha gif
कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि थप सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले अब आम सर्वसाधारणका लागि यो अवसर प्रदान गर्न लागेको हो।

कम्पनीको ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशतले हुने १३ करोड ७५ लाख रुपैयाँबराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ। यस कुल कित्तामध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकिएको छ।

Lagani Shiksha gif
sharehubapk कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

यसैगरी, ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित राखी बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको छ।

थप सर्वसाधारण लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन्। आईपीओ निष्कासन चैत २५ गतेसम्मका लागि तय भएको छ, तर मागबमोजिम आवेदन नपरेमा यो अवधि वैशाख ६ गतेसम्म लम्बिनेछ। यद्यपि, हाल सर्वसाधारणमा आईपीओप्रति देखिएको उच्च आकर्षणलाई मध्यनजर गर्दा यो छोटो अवधिमै पूर्ण आवेदन पर्ने अनुमान गरिएको छ।

यस आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सम्हालेको छ। लगानीकर्ताहरूले बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका साथै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन्। साथै, ‘मेरो शेयर’ अनलाइनमार्फत पनि आवेदन दिने व्यवस्था मिलाइएको छ।

कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

यस कम्पनीले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला, राम्पा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ, जसको कुल अनुमानित लागत १ अर्ब २० करोड रुपैयाँभन्दा बढी छ।

हाल कम्पनी सञ्चित नाफामा रहेको छ। अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा करिब १९ लाख ३४ हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेकोमा गत आर्थिक वर्ष ०८१/८२ सम्ममा कम्पनी १ करोड १४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा उक्लिएको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ४९ पैसा छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस