×
Lagani
Lagani Shiksha gif
लायन्स क्लबको आयोजनामा बृहत चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न।।।



मिति २०८२ मंसीर १३ गते शनिबारको दिन भक्तपुर दरबार स्क्वायरमा बृहत चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

सो प्रतियोगितामा १३ वटा बिधालयको ४० जना बिधार्थीको सहभागिता रहेको थियो। सोहि कार्यक्रमका आयोजक लायन्स क्लब काठमाण्डौं सेक्रेड भ्याली, ब्लडहुड, मेट्रो होम, ग्रिन टाउन, लायन्स मध्यपुर ठिमीले रक्तदान कार्यक्रम पनि संचालन साथै क्यान्सर सम्बन्धित जन चेतना कार्यक्रम पनि गरिएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाको वडा कार्यालय वडा नं ३ का वडा अध्यक्ष श्री राज कृष्ण गोराको प्रमुख अतिथ्यमा समापन गरिएको थियो। कार्यक्रम सभापतित्व क्लबको अध्यक्ष लायन् बद्रि कुमार दाहालले कार्यक्रममा सहभागी बिधालय र बिधार्थीहरुलाई प्रमाण पत्र र मायाको चिनोले सम्मान गरेका थिए।

Lagani Shiksha gif
sharehubapk लायन्स क्लबको आयोजनामा बृहत चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न।।।

साथै लायन्स अन्तराष्ट्रिय ३२५ के नेपालको जोन २४ का चीयरपर्सन लायन् राजिब श्रेष्ठले अगामी दिनमा अझ सकरात्मक तवरले समाजमा लायन्सले कार्यक्रमहरु ल्याउने र बिधालयहरुको सहकार्यको लागि अनुरोध गरेका थिए। कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपालको डिपार्टमेंट को-चिफ लायन् राजेन्द्र महर्जन र डिस्ट्रिक्ट ए.ओ.जी लायन् मचाकाजी महर्जनको उपस्थिती रहेको थियो।

कार्यक्रममा बिजेता बिधार्थी पहिलो दोस्रो र तेस्रो हुने सहभागीलाई बिशेष सम्मान प्रदान गरिएको थियो।

acba6aa0 f91a 4dcf ae95 94f9d69ffcb4 लायन्स क्लबको आयोजनामा बृहत चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न।।। e85d5bce 307e 45fe a2fa 055c7f8c893c लायन्स क्लबको आयोजनामा बृहत चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न।।। f5410ecd 3a37 43a9 ae9c 1cc81b1b6722 लायन्स क्लबको आयोजनामा बृहत चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न।।। 368e79e6 7312 4d05 bbbd be8f8b268b49 लायन्स क्लबको आयोजनामा बृहत चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न।।। bdd825e8 e972 4cc0 90a8 38cb71026db2 लायन्स क्लबको आयोजनामा बृहत चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न।।।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस