एमालेका नेता लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् ।
एमालेको १० औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् ।आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए ।सौराहास्थित बन्दसत्रस्थलमा पत्रकारहरुसँग बोल्दै उनले भने, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएँ। दसौँ महाधिवेशनबाट विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना!’
यद्यपि सर्वसम्मत नेतृत्व चयन भएमा आफूले कुनै पनि पद नछाड्ने उनको भनाइ थियो । ओलीले जारी गरेको सूचीमा पदाधिकारीमा नपरेपछि पण्डितले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कार्यकारी भूमिकाबाट बिदा मागेका हुन् ।
नवौं महाधिवेशनमा उनी उपाध्यक्षमा पराजित भएका थिए । त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट उठेका भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए ।
एमाले नेता पण्डित अहिले दशौँ महाधिवेशन निर्वाचन अध्यक्षमण्डलको सदस्य पनि छन्। उपाध्यक्षका दावेदार पण्डितको नाम ओलीको सूचीमा परेको थिएन। पार्टीको नवौँ महाधिवेशनमा उनले उपाध्यक्ष पदमा माधवकुमार नेपाल समूहबाट चुनाव लडेका थिए। तर पराजित भएका थिए।
















