×
Nepse Bajar Messenger Channel
आज निफ्राको साधारणसभा , लगानीकर्तालाई कति छ लाभांश।



काठमाडौ, १७ पुस । आज पुस १७ गते मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) वार्षिक साधारण सभा बस्दैछ ।

गत वर्षको नाफाबाट निफ्राले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ । आज कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ भने उक्त सभामा संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ सभामा कम्पनीले ४.२१०५ प्रतिश नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस