×
७ पटक गयो भुकम्प : ६ जना घाइते , राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध।



बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ ।

आज  २ः४० मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको गएपछि लगातार ६ पटक ४ रेक्टर स्केल भन्दा माथिको भुकम्प गएको हो। त्यस्तै ३ बजेर ६ मिनेट जादा ६.३ रेक्टर स्केलको सबै भन्दा ठुलो भुकम्प गएको हो। त्यो संगै ३ बजेर ४५  मिनेट जादा ४.१ रेक्टर स्केल , ४ बजेर २८  मिनेट जादा ४.१ रेक्टर स्केल , ४ बजेर ३१  मिनेट जादा ४.३ रेक्टर स्केल , ५ बजेर १९  मिनेट जादा ५ रेक्टर स्केल र ५ बजेर ३८  मिनेट जादा ५ रेक्टर स्केलको भुकम्प गएको हो।

भूकम्पविद्हरूका अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्दा दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने अधिक जोखिमको क्षेत्रमा छ । बारम्बार भुकम्पको धक्का महसुस हुदा पश्चिमका जनताहरु त्रशित बनेका छन्।

भूकम्पमा परी बझाङमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सत्यबादि मावि भोपुरका चार जना विद्यार्थी, केदार स्युँ गाउँपालिकामा एक जना, खप्तडछान्ना गाउँपालिकामा एक जना गरेर ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इन्सपेटर दिपेश चौधरीका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भूकम्प गएपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले जानकारी दिएको छ।

एउटा बाख्रो मरेको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध भएको दिएको छ। अहिले साना तथा ठूला सवारिका साधन बन्द भएका छन्। जिल्ला भरिएको विवरण आउन अझै बाँकि छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस