×
Lagani
Lagani Shiksha gif
के साच्चिकै एलोन मस्कले फेसबुकको कम्पनीलाई मुद्धा हाल्छु भनेका हुन् त् ?



सामाजिक सञ्जालमा अहिले एलोन मस्कले मेटाले लन्च गरेको एप थ्रेड्स एपलाई मुद्दा चलाउने धम्की दिएको खबर भाइरल भएको छ।

विभिन्न नेपाली मिडियाहरुले एउटा  नक्कली ट्वीटको भरमा ट्विटरको ‘बौद्धिक सम्पत्ति अधिकार’ को उल्लङ्घन गरेको भन्दै मुद्दा चलाउने धम्की दिएको छ भन्ने खबर छापेका छन्। जब हामीले यस बारे अध्यान गर्यौं त्यो ट्विट एलोन मस्कले नभएर एलोन मस्कले (पारोड़ी) नामक ट्विटर एकाउन्टबाट पोस्ट गरेको पार्यौं।

Lagani Shiksha gif
sharehubapk के साच्चिकै एलोन मस्कले फेसबुकको कम्पनीलाई मुद्धा हाल्छु भनेका हुन् त् ?

उक्त ट्वीटमा एलोन मस्क आफैले जवाफ दिदै भनका छन् ” धेरै ब्याक्तिलाई लाग्छ कि यो मेरो एकाउन्ट हो ” ।अहिले ट्विटरले ब्लु टिक बिक्रि गर्ने हुदा जसले नि खरिद गर्न सक्छ। त्यसकारण ठुला कम्पनीले आफ्नो कर्मचारीको खाताको पछाडी आफ्नो कम्पनीको लोगो राख्न सक्ने सुबिधा पनि ल्याएको छ।जसले गर्दा एलोन मस्कको नामको पछाडी ट्विटरको लोगो देख्न सकिन्छ।

एलोन मस्कको स्वामित्वमा रहेको ट्विटरका लागि थ्रेड्स अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती हो। यसअघि पनि धेरै प्रतिस्पर्धी ट्वीटरको अगाडि आए, संघर्षको सामना गर्नुपर्‍यो तर विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल मध्येको एक ट्वीटरलाई कसैले प्रतिस्थापन गर्न सकेकाे थिएन् ।

इन्स्टाग्राम र फेसबुक पनि मेटाका उत्पादनहरू हुन्, र तिनीहरूसँग इन्टरनेट संसारमा आफ्ना प्रतिस्पर्धीहरूको उत्पादनहरू प्रतिलिपि गर्ने लामो र सफल इतिहास छ। कम्पनीको रिल्स सुविधा टिकटकको भाइरल भिडियो एपको नक्कल थियो, र मेटाले स्न्यापच्याट बजारमा आएपछि गायब हुने स्टोरीज सुविधा प्रस्तुत गर्‍यो।

Screenshot 2023 07 08 085842 के साच्चिकै एलोन मस्कले फेसबुकको कम्पनीलाई मुद्धा हाल्छु भनेका हुन् त् ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस