×
Lagani
Lagani Shiksha gif
बन्दकर्ताले गरे सडकको सरसफाइ , जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरे



नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मंगलबार गरेको बन्दको क्रममा दाङमा नेकपाका कार्यकर्ताहरूले फरक र नयाँ शैली अपनाएका छन ।

सडकका देखिएका बन्दकर्ताहरू सडक सरसफाइ र ट्राफिक चिन्नहरूको व्यवस्थापनमा लागेका छन् । बन्दकर्ताहरूले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन । राजनीतिक कार्यकर्ताहरू अराजक मात्र हुन्छन भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताए ।

Lagani Shiksha gif
sharehubapk बन्दकर्ताले गरे सडकको सरसफाइ , जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरे

‘सबै साथीहरूले नयाँ र रचनात्मक काम गरौँ भनेर प्रयास गरेका हौँ’, उनले भने, ‘मूल्य वृद्धिको विरोधमा बन्द भए पनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ ।’ बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालीन हुने विश्वास आफूहरूले लिएको उनले बताए ।

banda 3 .jpg बन्दकर्ताले गरे सडकको सरसफाइ , जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरे banda 5 .jpg बन्दकर्ताले गरे सडकको सरसफाइ , जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरे banda 6 .jpg बन्दकर्ताले गरे सडकको सरसफाइ , जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरे banda 1 .jpg बन्दकर्ताले गरे सडकको सरसफाइ , जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरे

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस