×
Lagani
Lagani Shiksha gif
इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो



इन्फिनिटी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार यसअवधिमा खुद नाफा ११७ दशमलव ८४ प्रतितशतले बढेर चार करोड ७४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । गतवर्षको यसै अवधिमा कम्पनीले दुई करोड १८ लाख ३ हजार खुद नाफा कमाएको थियो ।

Lagani Shiksha gif
sharehubapk इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी १६० दशमलव १७ प्रतिशतले बढेर आठ करोड ५९ लाख ६७ हजार रुपैयाँ गरेकाे छ । गतवर्षको यसैअवधिमा यसले ३ करोड ३० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको सञ्चालन नाफा १६८ दशमलव ०४ प्रतिशतले बढेर पाँच करोड ४४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गतवर्ष यसैअवधिमा यसले दुई करोड ३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने तीन दशमलव २८ प्रतिशतले बढेर चार दशमलव ६५ प्रतिशत पुगेको छ । तीन महिनामा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३० पैसाले बढेर ५८ रुपैयाँ ५३ पैसा पुगेको छ । गतवर्षको यसैअवधिमा यसको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४८ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस