×
Lagani
Lagani Shiksha gif
८ वर्ष पछि यूएईलाई हराउदै नेपाल पुग्यो विश्वकपमा।



यूएईलाई पराजित गर्दै नेपाली युवा क्रिकेट टोलीले विश्वकपमा प्रवेश पाएको छ।

लगातार तीनवटा संस्करणमा नेपालले यु-१९ विश्वकप खेल्न प्रयास गर्दा यूएई बाधक बनेको थियो। त्यही यूएईलाई आईसीसी यु-१९ एशिया कपमा बिहीवार ७ रनले जित्दै नेपाल अर्को वर्ष श्रीलङ्कामा हुने यु-१९ विश्वकपका लागि छानिएको छ। यूएईको घरेलु मैदानमा टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले ४८.५ ओभरमा अलआउट हु‍ँदै १९१ रन जोड्यो।

Lagani Shiksha gif
sharehubapk ८ वर्ष पछि यूएईलाई हराउदै नेपाल पुग्यो विश्वकपमा।

जबाफी ब्याटिङमा आएको यूएईलाई ४८ ओभरमा १८४ रनमा नेपालले सीमित पारिदियो। उपाधि जितेसँगै नेपालको विश्वकप पुग्ने आठ वर्षको पर्खाइ पूरा भएको छ। अन्तिम समयमा दीपेश कँडेलले नाटकीय रूपमा ह्याट्रीक गर्दै तीन विकेट लिएपछि जित सम्भव भएको हो। त्यसको केही बेरअघिसम्म नेपाल उक्त खेलमा हारको सँघारमा थियो।

कट्टर प्रतिद्वन्द्वी

एक समय यू-१९ क्रिकेटमा नेपालको दबदबा थियो। सन् २००० देखि २००८ सम्म लगातार विश्वकप नेपाली टोलीले खेलेको थियो। दश पटक सहभागी हुँदा सात पटक विश्वकपको लागि छनोट भएको थियो।

तर सन् २०१२ पछि नेपालको प्रदर्शन क्रमशः खस्किँदै गयो। सन् २०१८ पछि अहिलेसम्म टोलीले छनोट चरण पार गर्न सकेको थिएन। सन् २०१८ को एशिया कप छनोटमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो। न्यूजील्यान्डमा सम्पन्न उक्त प्रतिस्पर्धामा नेपाल, अफगानिस्तान, सिङ्गापुर र मलेशियाबीच डबल राउन्ड रोबिनमा खेल खेलाइएको थियो। त्यसबेला अफगानिस्तानसँग खेलेको दुईवटै खेल हारेपछि नेपाल विजेता बन्न सकेन।

सन् २०२० मा नेपाल नछानिनुमा भने वर्षा बाधक बनेको थियो। वर्षाका कारण खेल बिथोलिएपछि डक वर्थ लुइस पद्धतिको आधारमा भएको निर्णयमा नेपाल युएईसँग मात्र १ रनले पराजित हुन पुग्यो। यूएई भाग्यमानी बन्दै विश्वकपका लागि छानियो। दुई वर्षपछि सन् २०२२ को छनोट खेल हुनुपर्ने थियो। तर कोरोनाभाइरस महामारीका कारण एसीसीले छनोट प्रतियोगिताको आयोजना नै गरेन र पूर्वविजेताको रूपमा यूएईलाई सीधै विश्वकप खेल्ने अवसर दियो।

तर त्यो बेला नेपालको लागि कोभिड महामारी बाधकको रूपमा देखियो।अहिले नेपाललाई यूएईलाई नै पराजित गरी विगतको बदला लिँदै विश्वकप पुग्ने अवसर थियो। र, नेपाली टोलीले त्यसको सदुपयोग गर्‍यो।

हारनजिक पुग्दा पनि निस्किएको जित

नेपालको ब्याटिङ मध्यम खालको रह्यो। नेपालका लागि कप्तान देव खनालको ५१ रनको अर्धशतक नै उच्च स्कोर बनेको थियो। बाँकी खेलाडीहरूले मुख्य खेलमा प्रदर्शन गर्न सकेनन्। ओपनर दीपक बोहरा खेलको पहिलो बलमा नै आउट भए।

भरपर्दा युवा खेलाडी अर्जुन कुमालले ३ रन मात्र जोड्न सके। शुरूवातमा नेपालले १९ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। उत्तम थापा मगर र देव खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी सम्झन लायक थियो। थापामगर ३६ रनमा आउट भए। त्यसपछि पनि नेपालको विकेट लगातार रूपमा झरेको थियो। बिबिसी नेपालिबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस