×
Lagani
Lagani Shiksha gif
२५ करोड बराबरको आईपीओ निष्कासन गर्दै विन्दवासिनी हाइड्रोपावर



विन्दवासिनी हाइड्रोपावरले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै  २०७६ माघ १ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । हाइड्रोपावर र क्यापिटलबीच  सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका सञ्चालक भरतबहादुर पाण्डेले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk २५ करोड बराबरको आईपीओ निष्कासन गर्दै विन्दवासिनी हाइड्रोपावर

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले रुडी ए (८.८ मेगावाट) र रुडी बी (६.६ मेगावाट) का दुई क्यास्केड आयोजनामा ​​सम्झौता गर्दै रुडी खोलाको करिडोरमार्फत १५.४ मेगावाटको आयोजनाको विकास, सञ्चालन र मर्मत सम्भार गर्न २०५७/०९/०३ मा गाभिएको थियो । BHDC को अधिकृत शेयर पूंजी २०० करोड छ।

BHDC उत्पादकत्व बढाउन र नेपाली जीवनस्तरमा सुधार गर्ने किफायती नवकरण ऊर्जा परियोजनाहरू विकास र कार्यान्वयनमा केन्द्रित छ।रुडीखोला-ए साना जलविद्युत आयोजना (८.८ मेगावाट) कास्की जिल्लाको मिजुरेडाँडा गाविसमा अवस्थित छ।त्यसैगरी रुडी खोला बी साना जलविद्युत आयोजना (६.६ मेगावाट) जुन रुडी–ए साना जलविद्युत आयोजनाको माथिल्लो भागमा अवस्थित रन अफ रिभर प्रकारको आयोजना हो। रुडी–बी साना जलविद्युत आयोजनाको मुख्य भाग लमजुङ जिल्लाको पासगाउँ गाविसमा अवस्थित छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस