×
आईपीओ निष्कासन गर्दै दरम खोला हाइड्रो , बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल।



दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता गरेको छ।  कम्पनीले रू. १ सय अंकित दरको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष नरबहादुर पुन र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन ।अब कम्पनीले आईपीओ निष्कासन गर्न आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिनु पर्ने छ।

सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीको लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । कम्पनीले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिका वडा नंं. ११ मा ९ दशमलव ६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधीन रहेको छ । यो जलविद्युत आयोजनाको लगभग ८० प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Budhathoki gom
Guest
Budhathoki gom
January 20, 2023 8:58 pm

good News



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस