×
Lagani
Lagani Shiksha gif
लामो समयपछि निष्कासन हुदै ‘मालामाल बनाउने’ लघुवित्त कम्पनीको आईपियो , जान्नुहोस कहिले ?



लामो समय पछि लघुवित्त कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।

खप्तड लघुवित्तले आईपीओ जारी गरेपछि कुनै पनि लघुवित्तको आईपीओ निष्कासन नभएको मा अबभने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ भने माघ १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा विक्री गर्ने छ ।

Lagani Shiksha gif
sharehubapk लामो समयपछि निष्कासन हुदै 'मालामाल बनाउने' लघुवित्त कम्पनीको आईपियो , जान्नुहोस कहिले ?

कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनको १० प्रतिसत अर्थात् २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गर्नेछ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

त्यस्तै बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्।  वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले माघ १६ गतेदेखि  फागुन १ गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै सर्वसाधारणले फागुन ११ गतेदेखि छिटोमा फागुन १५ गतेसम्म र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्कने छन्।

आईपीओ खरिद गर्नको लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्ने छन् तर हालको अवस्था हेर्दा १० कित्ता आवेदन दिदानै ठिक हुने देखिन्छ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले  मेरो शेयर सफ्वेयर र एप मार्फत पनि आवेदन दिन सक्ने छन्।  हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस