×
Lagani
Lagani Shiksha gif
आफूखुसी केही उद्योगले बढाए दूधको मूल्य, सरकार ‘बेखबर’



केही महिनाअघि मात्र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट काठमाण्डू आएकी सरस्वती जोशीलाई उपत्यकामा हरेक उपभोग्य वस्तु अति महँगो लाग्छन्।

त्यसमध्ये पनि दूधको भाउ उनलाई “अचाक्ली” नै भएको जस्तो लाग्छ। त्यस्तोमा केही डेरी उद्योगले शनिवारदेखि लागु हुने गरी पुनः प्रशोधित दूधको मूल्य बढाएको खबर सुनेसँगै उनले भनिन्, “यसले त महामारी झैँ गाह्रो बनाउने भयो नि!” काठमाण्डूको हाँडीगाउँमा छोरीज्वाइँ डेरामा बस्ने उनका छोरीज्वाइँ दुवै नेपाल प्रहरीमा कार्यरत छन्।

Lagani Shiksha gif
sharehubapk आफूखुसी केही उद्योगले बढाए दूधको मूल्य, सरकार ‘बेखबर’

तर उनका बुझाइमा छोरीज्वाइँको नियमित कमाइले पनि दुई नातिसहितको परिवार धान्न निकै सकस परिरहेको छ। “यहाँ त सबै थोक महँगो, पानी पनि किनेर खानुपर्ने, दूध त झन् औधी महँगो,” उनले भनिन्, “उता (भीमदत्त) मा त ६० रुपैयाँ लिटर त दूध पाइन्छ। यहाँ १०० रुपैयाँभन्दा माथि पुगिसक्यो।”

जोशी सरकारले महँगी नियन्त्रणमा खासै केही नगरेको ठान्छिन्। “नियमित तलब आउनेलाई त केही सहज होला तर दैनिक ज्याला मजदुरी गर्नेलाई के हुन्छ?” उनले भनिन्। लामो अन्तरमा पहिलो र दोस्रो सन्तान भएका चन्द्र लामाका कान्छा छोरा चार वर्षका छन्।

सवारी चालक काम गर्दै गरेका उनले हालै आफ्नो काम छाडेर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान आवेदन दिएका छन्। शुक्रवार प्रशोधित दूधको मूल्य बढ्न लागेको खबर सुनेपछि उनले बीबीसीसँग भने, “यो त अति भयो, दूधको भाउ बढेको धेरै भएकै छैन। सरकार कहाँ छ कुन्नि?”

उपभोग्य वस्तु, स्वास्थ्य र शिक्षा एवम् बसोबासको खर्च बढेकै कारण आफू विदेसिन लागेको उनको भनाइ छ। “अब मेरो सानो बाबुलाई खुवाउने दूधको भाउ यसरी बढ्छ। खाद्यान्न र तरकारीको अवस्था उस्तै छ। बच्चाको पढाइको खर्च पनि धान्नै नसक्ने छ,” उनले भने, “सरकारमा जो पुगे पनि यस्ता कुरा हेर्ने रहेनछन्।” “यस्तै महँगी बढेकाले मैले गरिराखेको काम छाडेर विदेश जाने निर्णय गरेको हुँ,” ३७ वर्षका उनले भने।

कति बढ्यो भाउ?

केही निजी डेरी उद्योगले बिक्रेताहरूलाई हालै एउटा सूचना पठाउँदै शनिवारदेखि दूधको मूल्य बढ्ने जानकारी गराएका छन्। यद्यपि कतिपय डेरी उद्योग सञ्चालक र सरकारी अधिकारीहरूले “त्यस्तो कार्य अनुचित” भएको बताएका छन्।

कृषकहरूका भनाइमा पनि उद्योगहरूले भाउ बढाए पनि त्यो कृषकसम्म पुग्ने ग्यारेन्टी भएको देखिँदैन। उपभोक्ता अधिकारकर्मीहरू चाहिँ “विधि र प्रक्रिया मिचेर” एकतर्फी रूपमा दूधको भाउ बढाउनेलाई कारबाही गर्नुपर्ने माग गर्छन्।

केही डेरी उद्योगले बिक्रेताहरूलाई पठाएको सूचनामा अब प्रशोधित दूधको मूल्य प्रति आधा लिटरको ५० रुपैयाँ अर्थात् प्रतिलिटर १०० रुपैयाँ हुने उल्लेख गरिएको छ। यस्तो दूधको न्यूनतम मूल्य हाल ४३ रुपैयाँ प्रति आधा लिटर अर्थात् प्रतिलिटर ८६ रुपैयाँ रहेको छ।

केही उद्योगहरूले गरेको निर्णय अनुसार अब प्रशोधित दूधको मूल्य प्रति आधा लिटर ७ रुपैयाँले बढ्ने देखिन्छ।

भाउ बढाउनेहरू के भन्छन्?

प्रशोधित दूध उत्पादन गर्ने डेरी उद्योगहरूका दुई वटा संस्था सक्रिय छन्। त्यसमध्ये एउटा संस्थामा आबद्ध ४० वटा जति साना/ठूला डेरी उद्योगहरूले दूधको भाउ बढाउने निर्णय गरेको उक्त सङ्घका अध्यक्षले बीबीसीलाई बताएका छन्।

यद्यपि त्यसको आधिकारिक निर्णय नगरिएको उनको दाबी छ। डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले भने, “यो हाम्रो संस्थागत निर्णय होइन तर हाम्रो संस्थामा आबद्ध साथीहरूले लागत नै नउठ्ने अवस्था भएपछि भाउ बढाउनु भएको हो।”

उनका दाबीमा अहिले बजारमा दूधको अभाव हुनुका साथै लागत बढेको भन्दै कृषकहरूले बढी मूल्य मागिरहेका छन्। त्यसलाई पूर्ति गर्नका लागि मूल्य बढाउन पर्ने अवस्था आएकाले बढाइएको दाहालले बताए। सरकारले गत माघ २८ गते कृषकले पाउने दूधको न्यूनतम समर्थन मूल्य ५९ रुपैयाँ ९३ पैसा तोकेको थियो।

तर आफूहरूले अहिले ७० रुपैयाँ लिटरका दरले दूध किनिरहेकाले मूल्य बढाउनु परेको उनको दाबी छ। बिबिसी नेपालि बाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस