×
Lagani
Lagani Shiksha gif
बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै , यसरी हेर्नुहोस नतिजा ।



बाराही हाइड्रोपावरले निष्कासन गरेको आईपीओकाे बाँडफाँट आज  हुने भएको छ ।

कम्पनीकाे आईपीओ आज निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १० बजे बाँडफाँट हुने छ ।

कम्पनीले  कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियाे ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ५ सय २२ जना आवेदकले मात्र १० कित्ता सेयर हात पार्नेछन् ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस