×
Lagani
Lagani Shiksha gif
बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक ।



बाराही हाइड्रोपावरले निष्कासन गरेको आईपीओकाे बाँडफाँट मिति सार्बजनिक भएको छ ।

कम्पनीकाे आईपीओ पाैष ३ गते निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १० बजे बाँडफाँट हुने छ ।

कम्पनीले  कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियाे ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ५ सय २२ जना आवेदकले मात्र १० कित्ता सेयर हात पार्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस