×
Lagani
Lagani Shiksha gif
फेरि कमजोर बन्दै नेपाली मुद्रा, आयात खुलेपछि शोधनान्तरमा दबाब पर्ने चिन्ता



नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ ।

मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.३६ रुपैयाँ तथा खरिद दर १३१.७६ रुपैयाँ तोकेको छ । कात्तिकको पहिलो साता १३३ रुपैयाँसम्म पुगेर निरन्तर तलमाथि हुँदै आएको डलरको भाउ पछिल्लो समय निरन्तरजसो उकालो लागिरहेको छ।

Lagani Shiksha gif
sharehubapk फेरि कमजोर बन्दै नेपाली मुद्रा, आयात खुलेपछि शोधनान्तरमा दबाब पर्ने चिन्ता

नेपालले हालै मात्र आयातमाथि प्रतिबन्ध फुकुवा गरेको अवस्थामा डलरको भाउ वृद्धिले सुधारको क्रममा रहेको शोधनान्तरमा फेरि दबाब पर्ने चिन्ता अर्थशास्त्रीहरूको छ । यद्यपि पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह बढ्दै गएमा यसले सहजता आउने समेत आशा देखिएको छ ।

अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा (नेरु) फेरि कमजोर बनेको हो। गत ३ कात्तिक बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको थियो।

पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ बढेको हो। डलरको भाउ बढेपछि भारुसँगै नेपाली मुद्रा कमजोर भएको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ। स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ। यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ। अहिले पनि त्यही भएको हो।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ अमेरिकी अर्थव्यवस्थामा माग घटाउने प्रयासस्वरुप गत मार्च २०२२ बाट ब्याजदर बढाउन केन्द्रीत छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार फेडरल रिजर्भले यसै साता ५० आधार अंकको दर वृद्धिको घोषणा गर्ने सम्भावना छ, जसले सन् २०२२ को कुल दर वृद्धि बढाएर ४२५  आधार अंक पुग्ने आकलन गरिएको छ ।

उच्च अमेरिकी ब्याजदरले विश्वका ठूला पूँजी सबैभन्दा ठूलो अर्थव्यवस्थातर्फ जाने देखिन्छ ।  जसले भारतीय मुद्रा जस्ता उदीयमान बजारका मुद्रामा दबाब बढाउँछ । यसले नेपाली मुद्रालाई प्रत्यक्ष असर पुर्‍याउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस