×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्यो बाराही हाइड्रोपावरको आईपीओ , सबैले आवेदन दिन सकिने।



बाराही हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला भएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता सेयरसमेत थप गरी  प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल ५ लाख ५४ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

कुन निष्कासन मध्य २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । यी बाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यो सेयरमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइबील एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस