×
Lagani
Lagani Shiksha gif
धरान कुटपिट प्रकरण : राईको हत्यामा संलग्न ४ जना महिला पक्राउ।



धरानकी उषाकुमारी राईको हत्यामा संलग्न ४ जना महिलालाई प्रहरीले पक्राउपछि आज सार्वजनिक गरेकोे छ ।

धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गरि हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी धरान १३ सूर्य मार्गकी ५५ बर्षीया उर्मिला राई रहेकी छन् । त्यस्तै २६ बर्षीया सुमित्रा राई,धरान १७ की २९ बर्षीया सुसेली राई, ४० बर्षीया रत्न लिम्बु सुब्बा रहेका छन् ।

Lagani Shiksha gif
sharehubapk धरान कुटपिट प्रकरण : राईको हत्यामा संलग्न ४ जना महिला पक्राउ।

उनीहरुले  मङ्सिर ३ गते आफ्नो पतिसँग नजिएको आरोप लगाउँदै उर्मिला राई नेतृत्वमा उषाकुमारी राईलाई सामुहिक कुटपिट गरेका थिए । कुटपिटबाट घाइते उषाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंसिर १३ गते मृत्यु भएपछि मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएका थिए ।

उषालाई महिलाहरूको समूहले कुटपिट गर्नुका साथै अखाद्य तरल पदार्थसमेत खुवाएका थिए । उक्त घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता भएको भन्दै जाहेरी परेकोले उनीहहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साथै, नाम नखुलेका तर घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि अनुसन्धान, पहिचान गर्ने र खोजी गर्ने कार्य भइरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस