×
Lagani
Lagani Shiksha gif
पत्रकार कुट्ने कांग्रेस समर्थक भन्छन : पत्रकारले राति रक्सी खाएर धम्काएपछि कुटपिट गरेको हो।



पत्रकार रामकुमार एलनमाथि हातपात भएको समाचार दिनभर भाइरल बन्यो  ।

आइतबार राति १० बजे तिर हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदन होटलमा उनि माथि कुटपिट भएको हो। नेपाली कांग्रेसभित्र भएको घात, अन्र्तघातको विषयमा बागमती एक्सप्रेस नामक साप्ताहिक पत्रिकामा समाचार प्रकाशन भएको विषयमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले पत्रिकाको प्रकाशक रमेश बञ्जरा (इन्द्र) तथा पत्रकार रामकुमार रिजाल (एलन) माथि कुटपटि गरेको भनिएको छ।

Lagani Shiksha gif
sharehubapk पत्रकार कुट्ने कांग्रेस समर्थक भन्छन : पत्रकारले राति रक्सी खाएर धम्काएपछि कुटपिट गरेको हो।

उनलाई राजेश भेट्वालसहितका समूहमा आएका व्यक्तिले कुटपिट गरिएको भनिएको हो । तर राजेश भेट्वालले आफुले राजनीतिक कारण नभएर अर्कै कारणले कुटपिट गरेको बताएका छन्। उनले राति मदिरा सेवन गरि फोन गरेर गालिगलौच र धम्की दिएको कारण आफुले त्यस्तो गरेका बताएका हुन्। त्यस्तै उनले सामाजिक ब्याक्तित्वलाई ब्ल्याकमेल गरि आफ्ना धन्दा चलाईरहेको आरोप समेत लगाएका छन्।

१ बर्ष अघि पत्रकारिता तालिमका नाममा भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनै पत्रकार रामकुमार एलन विरुद्ध अदालतमा मुद्धा दायर गरेको थियो।

उनले सामाजिक संजालमा लेखेका छन्  “पारिवारिक समयमा रहदा राती १०.०३ मिनेटको समयमा अत्यधिक मदिरा सेवन गरि फोन गरेर गालिगलौच र धम्की दिने सस्कार संगठनकै हो कि यी (१-२) लुट पत्रकारिता गर्नेहरुको मात्र हो , प्रश्न गर्न चाहे?

बाकी जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रमुखलाई कल रेकर्डहरु पठाउदैछु त्यता बुझौ।साथै, रामकुमार एलन रमेश बन्जारा सहित हिजो त्यहा रहेका पत्रकारको मदिरा परिछण गरियोस।

पत्रकार साथिहरु ,
१-२ थान पत्रकार जो सधै ब्याबसायी र सामाजिक ब्याक्तित्वलाई ब्ल्याकमेल गरि आफ्ना धन्दा चलाईरहेका छन उनिहरु बिरुद्द आज आवाज उठाउदैछु र ब्याबसायी हरु जो यस्ता लुट पत्रकारिताबाट आजिद भयेका छन वहाँ हरुका लागि पनि एउटा मेसेज हो हिजोको घटना।
प्रशाशनलाई समेत दबाब र प्रभावमा पर्ने यस्ता दुष्ट प्रवृत्ति बोकेका पित पत्रकारलाई कानुनी कठघरामा उभ्याईयोस अन्यथा यसै सामाजिक संजालबाट तरुण साथिहरुलाई यस्ता सामाजिक अपराधी बिरुद्द आवाज उठाउन अनुरोध गरे।
स्पष्टीकरण दियेको हैन , समाजलाई स्पष्ट बनाउन मात्र चाहे।जय नेपाल🙏”

 

Screenshot 2022 12 05 184823 पत्रकार कुट्ने कांग्रेस समर्थक भन्छन : पत्रकारले राति रक्सी खाएर धम्काएपछि कुटपिट गरेको हो।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस