×
Lagani
Lagani Shiksha gif
रवि लामिछानेको नागरिकता प्रकरण छानबिन गर्दै काठमाडौं प्रहरी।



रवि लामिछानेको नागरिकताका सम्बन्धमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय , काठमाडौंले प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको छ ।

लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरी चुनावमा भाग लिएको भन्दै गृह मन्त्रालयमा निवेदन (उजुरी) परेको थियो। लामिछाने सन् २०१४ मा लिएको अमेरिकी नागरिकता सन् २०१८ मा  त्यागेको भन्दै अध्यागमन विभागमा निवेदन दिएका थिए। तर, लामिछानेले त्यागेको नेपाली नागरिकता पुनः नजगाई पुरानै नागरिकता प्रयोग गरेका थिए ।

Lagani Shiksha gif
sharehubapk रवि लामिछानेको नागरिकता प्रकरण छानबिन गर्दै काठमाडौं प्रहरी।

त्यसलाई गैरकानूनी कार्यभन्दै कारबाहीको माग गरी गृह मन्त्रालयमा निवेदन परेको हो। उजुरीमा नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका रविले अमेरिकी नागरिकता त्यागे पनि पुनः नेपाली नागरिकता नलिएको कुरा बताइएको थियो ।

अहले उक्त निवेदन काठमाडौं जिल्ला प्रशासन कार्यालय मार्फत अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाएको  छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस