स्पेनसँग १–१ को बराबरी खेल्दै जर्मनीले फिफा विश्वकपमा आफ्नो आशा जीवित राखेको छ ।
अब प्रतियोगितामा रहन उनका लागि अगाडिका हरेक खेल निकै महत्वपूर्ण छन् । यसअघि जर्मनीका खेलाडीले खुसीको खबर पाएका छन् । अब खेलाडीले ठूलो खेलअघि आफ्ना साथीहरूसँग होटलमा २ रात बिताउन सक्नेछन् ।
मिडिया रिपोर्टका अनुसार, जर्मन खेलाडीहरूले टोली होटेलमा दुई रात प्रेमिका र श्रीमतीलाई साथमा राख्न अनुमति पाएका छन्। रिपोर्टका अनुसार स्पेनसँगको बराबरीपछि जर्मन खेलाडीहरूले आफ्ना श्रीमती र प्रेमिकालाई टोलीको लक्जरी रिसोर्टमा निम्तो दिएका थिए।
स्पेन विरुद्धको खेलमा सोफी वेबर, इसाबेल लगायत धेरै जर्मन खेलाडीका पार्टनर स्ट्यान्डमा थिए । जर्मनी पत्रिका बिल्डका अनुसार समूह ‘सी’ अन्तर्गत बिहीबार हुने कोस्टारिकाविरूद्धको खेल अगाडि खेलाडीहरू आफ्ना श्रीमती र प्रेमिकासँग छुट्टिएर जुलाल वेल्नेस रिसोर्टमा फर्किसकेका छन्। उनीहरू महत्त्वपूर्ण खेलका लागि पुनः तयारीमा जुटेको बिल्डको भनाइ छ।
















