×
Lagani
Lagani Shiksha gif
दुनिया चकित पार्ने विश्वकप आयोजक कतारको रेकर्डै रेकर्ड !



लगातार तीन पराजय बेहोरेर कतार विश्वकपबाट बाहिरिएको छ र आफ्नै प्रतिस्पर्धालाई अर्थहीन छाड्ने पहिलो आयोजक राष्ट्र बनेको छ।

इक्वेडरसँग २–० र सेनेगलसँग ३–१ को हारपछि मात्रै दुई खेलपछि नकआउट हुने पहिलो आयोजक राष्ट्र बनेको मध्य–पूर्वी टोली यसअघि नै पहिलो खेलमा हार्ने आयोजक बनेको थियो । समूहका तीनवटै खेलमा पराजित भएको छ भने अन्य कुनै पनि आयोजक राष्ट्र भन्दा बढी गोल खाएको छ साथै  दक्षिण अफ्रिका पछि समुह चरणबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ।

कतार विश्वकपको फाइनलमा अंक नराखेको पहिलो आयोजक राष्ट्र बनेको छ । अन्तिम दिनमा इक्वेडर, सेनेगल र नेदरल्यान्ड्ससँगको हारले समूह ‘ए’ को पुछारमा रहेको कतारले सात गोल खाएको छ, जुन प्रतियोगिताको एउटै समूह चरणमा आयोजक राष्ट्रबाट अहिलेसम्मकै सबैभन्दा धेरै हो।

कतारले एउटा मात्र गोल गरेको छ, जुन कुनै पनि आयोजक राष्ट्रको सबैभन्दा कम हो र सात गोल खाएको छ, समूह चरणमा कुनै पनि आयोजकमध्ये सबैभन्दा धेरै गोल खाने राष्ट्र कतार बनेको छ। यस अघिको दक्षिण अफ्रिकाको पाँचको कीर्तिमानलाई उछिनेको छ।

कतार समूहको पुछारमा पुग्ने अपेक्षा गरिएको भए पनि सुन्य अंकका साथ् पुग्छ भन्ने कसैले अपेक्षा गरेका थिएनन।  विश्वको ५० औँ स्थानमा रहेको साउदी अरेबियाल अर्जेन्टिनामाथिको जितले नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस