×
नक्कली प्रशासकीय अधिकृत पक्राउ।



जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो ।

परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा बहादुर थापाले बताए ।

परियारको साथबाट निजामती कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रसहित आकाश चन्द्र परियार लेखिएको प्रशासकीय अधिकृतकार रबर छाप बरामद गरिएको डीएसपी थापाले जानकारी दिए।

प्रहरीले परियारलाई पक्राउ गरेको होटलको कोठामा खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप, दस्तखत भएका पत्रहरू विभिन्न कार्यालयका छापहरु (स्ट्याम्प), ल्यापटप, पेनड्राईभ र ६३ हजार रुपैयाँ फेला पारेको डीएसपी थापाले बताए ।

प्रहरीले सोमबार परियारलाई जिल्ला अदालत बागलुङमा उपस्थित गराएर अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस