×
Lagani
Lagani Shiksha gif
नातामा ससुरा र बुहारी बीचको अनैतिक सम्बन्ध बारे युट्युवमा भिडियो हाल्ने पत्रकार पक्राउ।



रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राईलाई पक्राउ गरेको घट्नाप्रति नेपाल पत्रकार महासंघ उदयपुर, नेपाल फोटो पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति महासंघले आपत्ती जनाएका छन् ।

विद्युतीय कारोबार ऐन विरुद्ध अपराध आरोपमा रिपोर्टिङ गरी रहेकै बेला राईलाई पक्राउ गरेको प्रति छु्ट्टाछु्ट्टै विज्ञप्ती प्रकाशित गरी आपत्ती जनाएका हुन् ।  पत्रकार महासंघ उदयपुरका पूर्व सहसचिव, फोटो पत्रकार महासंघका निवर्तमान अध्यक्ष, प्रेस सेन्टर नेपाल १ नं. प्रदेश कमिटी सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय सदस्य समेत रहेका राईलाई प्रहरीले मत गणनाको रिपोर्टिङ गरिरहेको समयमा अमानवीय तरिकाले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk नातामा ससुरा र बुहारी बीचको अनैतिक सम्बन्ध बारे युट्युवमा भिडियो हाल्ने पत्रकार पक्राउ।

समाचार लेखेको विषयलाई लिएर पत्रकार माथि साईबर क्राईम मुद्धा पर्नु सम्पूर्ण प्रेस जगतका लागि दुःखद कुरा रहेको र यसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघको विज्ञप्तीमा उल्लेख छ । समाजमा घटेका सहि सत्य कुरा र गलत प्रबृत्तिको उजागर गर्ने काम गर्दा यसरी प्रेस जगत माथि आक्रमण गर्नेहरु प्रति सचेत हुनु पर्ने महासंघका सचिव विश्वराज तामाङले जारी गरेको विज्ञप्तीमा भनिएको छ । त्यस्तै फोटा पत्रकार महासंघका सचिव लक्ष्मी पोखरेल र फोनिज सचिब बुद्धि चामलिङकले छुट्टाछ्ट्टै विज्ञप्ती जारी गरि यस्तो कार्यको निन्दा र भत्र्सना गरेको छ ।

रार्ई आफैले सञ्चालन गरेको निगरानी पोष्ट डटकमको आधिकारिक युट्युव च्यानलमा नातामा काका ससुरा र बुहारी रहेका महिला र पुरुष बीचको सम्बन्ध बारे भिडियो समाचार प्रकाशन गरेकोमा राईलाई परेको जनाईएकोछ । राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको अवस्थामा राई माथि परेको साईवर अपराध बिरुद्ध मुद्धा र प्रहरीले गरेको अमानवीय व्यवहार प्रति घोर आपत्ती प्रकट गर्दै आगामी दिनमा यस्ता घट्ना नदोहो¥याउन विज्ञप्ती भनिएकोछ ।

साथै समाचार लेखेको विषयलाई लिएर मुद्धा परेकाले यसको छिनोफानो गर्ने जिम्मा अद्र्धन्यायिक संस्था प्रेस काउन्सिल नेपाललाई दिन पनि महासंघले माग गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेनद्रप्रसाद फुयालले भने प्रधान कार्यालय साईबर क्राईम व्युरो र काठमाडौँ जिल्ला अदालतको पक्राउ आदेशका आधारमा राईलाई नियन्त्रणमा लिइएको बताएका  छन । साईबर क्राईम व्युरो र काठमाडौँ जिल्ला अदालतले राईलाई पक्राउ गरि तत्काल उपस्थित गराउन आदेश आएकाले कानुनी प्रक्रिया पुरा गरि  पत्रकार राईलाई काठमाडौँ पठाइएको जानकारी दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस