×
Lagani
Lagani Shiksha gif
निर्वाचन गराउन अक्षम भन्दै राजाले अपदस्थ गराएका देउवाले गराए लगातार दुई निर्वाचन



प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई संसदीय निर्वाचन गर्ने पहिलो नेता बनेका छन् ।

१८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचन गराउन अक्षम भएको भन्दै प्रधानमन्त्री देउवालाई अपदस्थ गरेका थिए । त्यतिबेला नेपाली कांग्रेसमा देखिएको विवादकै कारण उनी राजाको कोपभाजनमा परेका थिए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग बेमेल र पार्टी विभाजनका कारण देउवा टार्गेटमा थिए । त्यसकै फाइदा राजाले उठाएर उनलाई हटाएका थिए ।

Lagani Shiksha gif
sharehubapk निर्वाचन गराउन अक्षम भन्दै राजाले अपदस्थ गराएका देउवाले गराए लगातार दुई निर्वाचन

राजाको कदमविरुद्ध कांग्रेस, एमालेसहित सात राजनीतिक दलले निरन्तर सडक आन्दोलन गरेपछि ज्ञानेन्द्रले पुनः देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर, १९ माघ २०६१ मा ज्ञानेन्द्रले पुनः देउवालाई बर्खास्त गर्दै शासनसत्ता आफ्नो हातमा लिए । ज्ञानेन्द्रको कुविरुद्ध सडक आन्दोलन निरन्तर चर्केपछि ११ वैशाख २०६३ मा राजाले आफ्नो कदम सच्याए । देशमा लोकतन्त्रको पुनस्र्थापना भयो ।

त्यसपछि तत्कालीन विद्रोही शक्ति माओवादी मूलधारको राजनीतिमा आयो र २०६४ मा पहिलो संविधानसभाको निर्वाचन भयो । पहिलो संविधानसभाले संविधान बनाउन सकेन । र, विघटन भयो । २०७० मा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही सरकारले दोस्रो संविधानसभाको निर्वाचन गरायो । दोस्रो संविधानसभाले २०७२ मा देशको संविधान जारी गर्यो । त्यसपछि २०७४ मा आमनिर्वाचन गराउने बेला देउवा नै प्रधनमन्त्री थिए । त्यसअघि स्थानीय तहको निर्वाचनको पहिलो चरणको सुरुवात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरु गरेका थिए । देउवाले बाँकी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराए ।

निर्वाचनमा एमाले र माओवादीले सुविधाजनक बहुमत पाए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । एमाले र माओवादीको सरकार बन्यो । तर, साढे तीन वर्षमै सरकार ढल्यो । र, कांग्रेस सभापति देउवा प्रधानमन्त्री बने । देउवाले लगातार दोस्रो संसदीय निर्वाचन गराएर रेकर्ड राखेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस